घोराहीमा होमडेलिभरी सेवा रोकियो

फोटो फाईल

तुलसीपुर, १६ बैशाख ।

घोराहीमा सन्चालन गरिएको होमडेलिभरी सेवा मंगलवार देखी स्थगित गरिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनलाई पुर्न रुपमा पालना गर्ने भन्दै घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिजय संघको समन्वयमा गएको चैत १८ गते देखी घोराहीमा होमडेलिभरी सेवा सन्चालन गरिएको थियो ।

तर लकडाउनको समय लम्विदै गएपछि उद्योग बाणिज्य संघले घोराही उपमहानगरपालिका विपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय संग छलफल गरी अत्यावश्यक पसलहरु खुला गर्ने निर्णय गरेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालले जानकारी दिएका छन् ।पसलहरु खोल्ने निर्णय भएपछि होमडेलिभरी सेवा हाललाई स्थगित गर्नुपरेको उनको भनाई छ ।

लामो समय सम्म लकडाउन भएपछि व्यापारीहरुलाई कोठा भाडा तिर्नका लागी समस्या हुनुको साथै राहत माग्ने अवस्था आएको भन्दै सोमवार तिन वटा निकायको छलफलले पसल खुला गर्ने निर्णय गरेको अध्यक्ष भुसालको भनाई छ । उनका अनुसार दैनिक विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक पसलहरु खोल्ने सहमति भएको हो । अत्यावश्यक पसल जस्तै, खाद्यन्न,तरकारी, विकास निर्माण सम्वन्धि निर्माण व्यवसाय हार्डवयर,पेट्रोल पम्प, तेलमिलहरु खुला गर्ने सहमती भएको संघका अध्यक्ष भुसालले बताएका छन् ।

साथै उनले आफुहरुले गरेको निर्णय कसै संग समन्वय नगरेको भन्दै सामाजिक सन्जालमा आलोचना गरेको प्रति आपत्ती जनाएका छन् । संघले मंगलवार देखी पसलहरु खोल्ने निर्णय गरेपछि घोराही बजार क्षेत्रमा भिडभाड देखिएको छ ।यसैविच मंगलवार स्थानिय प्रशासन,स्थानिय सरकारहरुले बजारको अनुगमन समेत गरेको अध्यक्ष भुसालले बताएका छन् । यस अघि जिल्ला प्रशासन कार्यालय दाङले आईतबार, मंगलबार र शुक्रबार मात्रै बिहान ६ देखि ९ बजे सम्म खाद्यान्न र तरकारी पसल खोल्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया