लमहीबाट पनि र्‍यापिड टेष्ट शुरु,,पाँच जनाको रिपोर्ट निगेटिभ

शिवु खनाल
लमही, १५ वैशाख  ।  कोरोना भाइरस भए नभएको थाह पाउनका लागी सोमबार देखि दाङको लमही स्थित क्वारेन्टाइनबाटै द्रुत परिक्षण र्‍यापिड डाइग्नोस्टिक टेष्ट) शुरु भएको छ ।

लमही नगरपालिकाको समन्वय तथा स्वास्थ्य कार्यालय दाङको सहयोगमा यो कार्य थालनी गरिएको हो । सोमवार पाँचजनको ¥यापिड टेष्टमा चेकजाँचमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिए ।

उहाँको अनुसार अव देउखुरी क्षेत्रमा आशंका गरिएकाहरुलाई चेकजाँचका लागि दाङको बेलझुन्डी कोरोना अस्पताल जान नपर्ने पौडेलले भनाई छ ।

लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडामा रहेको शहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानमा हालसम्म नौ जना नेपालका विभिन्न जिल्ला र नेपाल बाहिर बाट आएका मानिसलाई राखिएको छ ।

पहिलो चरणमा क्वारेन्टाइनमा रहेका एक महिला सहित पाँचजनाको ¥यापिड टेष्ट गरिएको हो । अन्यको क्वारेन्टाइनमा बसेको कम्तिमा पनि चौध दिन पछिर्‍यापिड टेष्ट गरिने भएको छ ।

 

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार
प्रतिक्रिया