भीर माैरीको टोकाईबाट तुलसीपुरमा ३ जना बिरामी

तुलसीपुर, १५ बैशाख

तुलसीपुरमा भीर माैरीको टोकाईबाट एक बालक सहित ३ जना बिरामी परेका छन् ।

भीर माैरीको टोकाईबाट तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा निबासी २९ बर्षका जीवन केसी र ११ बर्षका मौसम थापा र तुलसीपुर–४ निबासी ४४ बर्षका ज्ञान प्रसाद पोख्रेल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

बिरामी तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली  केसीले जानकारी दिएका छन् । बाटोमा हिडिरहेका केसी र थापालाई तुलसीपुर उपमहागनरपालिका–३ डाँडाखुटी र पोख्रेललाई तुलसीपुर–४ वनहरीमा टोकेको थियो ।

 

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार
प्रतिक्रिया