जन्मदिनमा पत्रकार रेग्मीले गरे खाद्यन्न सहयोग

तुलसीपुर, १४ बैशाख

जन्मदिनको अवसर पारेर पत्रकार चेतन रेग्मीले खाद्यन्न सहयोग गरेका छन् । उनले एक सय किलो चामल, २५ किलो दाल र १० किलो नुन सहयोग गरेका हुन् ।

लकडाउनका कारण भोकप्यासै पैदल हिड्न बाध्य पैदल यात्रुलाई खाना खुवाउनका लागि पत्रकार रेग्मीले तुलसीपुरमा संचालित मेसमा उक्त खाद्यन्न सहयोग गरेका थिए ।

पत्रकार रेग्मीले तुलसीपुर उद्योगाबाणिज्यका अध्यक्ष वीरबहादुर रावत विरुलाई खाद्यन्न  हस्तान्तरण गरेका हुन् ।

तुलसीपुरको प्रतिक्षालयमा भोकै हिडेका पैदल यात्रुलाई निशुल्क खाना खुवाउन केहिदिन यता तुलसीपुरका उद्योगी, व्यवसायी, समाजसेवी विभिन्न व्यक्तिहरुको सहयोगमा मेस संचालमा ल्याईएको छ ।

जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर मानव सेवमा थोरै भएपनि सहयाेग गरेकाे  पत्रकार रेग्मीले तुलसीपुर खबरलाई बताए ।

 

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया