वुवाले नडूल पढ भन्दा छोराले राेजे आत्महत्याको बाटो

तुलसीपुर, १४ बैशाख

किटनासक औषधी सल्फास खाएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका–६ चौपारी निबासी १६ बर्षका ज्ञानबहादुर बुढाथोकी रहेको अस्पतालले जानकारी दिएको छ ।

बालकको उपचारको क्रममा साढे नौ बजे मृत्यु भएको अस्पतालले जानसकारी दिएको छ ।

दिउसो साथीहरुसंग माछा मार्न बालकलाई वुवा शिवबहादुर बुढाथोकीले पढ्न छोडेर किन डुलेको भन्दै सामान्य गाली गर्दा किटनासक औषधी सल्फास खाएको प्रहरीले जानकारी दिएको छ ।

यसैबिच मुसा मार्न प्रयोग गरिने कमान्डौ औषधी सेवन गरेकि दंगीशरण निबासी एक महिलाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया