स्वास्थ्यकर्मीको जन्मोत्सवमा रक्तदान

तुलसीपुर , १३ बैशाख ।

दाङका एक स्वास्थ्यकर्मीले आफनो जन्मोत्सवको अवसरमा रक्तदान गरेका छन् । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले शनिवार परेको जन्मदिनको अवसरमा दाङमा रगत अभाव हुन नदिने उद्देश्यका साथ तुलसीपुर रक्तसन्चार केन्द्रमा रक्तदान गरेका छन् ।

उनले २२ औ पटक रक्तदान गरेको बताएका छन् । विगतका वर्षमा पनि फजुल खर्च गरेर जन्मोत्सव मनाउनुको साटो समाजसेवामा लगानी गदै आएका केसीले यसपटक रक्तदान गरेको जनाएका छन् । उनी सगै अन्य दुई जनाले पनि रक्तदान गरेका छन् ।

विद्यार्थी रविन्द्र थापा र पर्सेनी नगर स्वास्थ्य केन्द्रमा कार्यरत् अनमी कमला वोहराले पनि रक्तदान गरेका हुन् । रगत अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भनेर रक्तदान गरिएको उनीहरुको भनाई छ ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया