तुलसीपुर, ३० बैशाख
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल वन्दको प्रभाव शनिबार विहानै देखि दाङमा परेको छ । वन्दका कारण लामो तथा छोटो दुरीमा संचालन हुने यातायातका सवारीसाधन संचालनमा आउन सकेका छैनन् । सवारीसाधन संचालन नहुदा सयौं यात्रुहरु दाङका विभिन्न ठाउँमा अलपत्र परेका छन् ।
छिटफुट मात्रामा मोटरसाइकल र अटो संचालनमा आएका छन् । प्रहरीले वन्दको प्रभाव भने खासै नपरेको बताएको छ । वन्दकर्ताहरु सडकमा आएका छैनन् जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले भने बन्द गराउन आएमा पक्राउ गछौं ।
स्थानीय तहको निर्वाचान खारेजी तथा शान्तिपुर्ण कार्यक्रममा प्रहरीको दमन, कार्यकर्ता गिरफतार र चरम यातना लगाएतका आरोप लगाउदै एक दिने वन्दको आयोजना गरिएको कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज बलबहादुर वली शितलले जानकारी दिएका छन् । वन्द विहान पाँच बजे देखि बेलुकी पाँच बजे सम्म गरिने छ । वन्दमा प्रेस, यम्बुलेन्स र कुटनीतिक नियोगका सवारी आवागमना रोक नलगाइने बताइएको छ ।
नेपाल वन्दको प्रभाव दाङमा
प्रकाशित मिति : २०७४ बैशाख ३० गते शनिवार
प्रतिक्रिया