नाकाबासी भन्छन् : ‘नाका क्षेत्रमा विकास गर्नु पर्‍यो, होईन भने हामीलाइ भारतमा गाभिदिनु पर्‍यो’

शिवु खनाल

दाङमा पूर्व अर्नानाका देखि पश्चिमको भौवानाका सम्म गरि करिब ३४ वटा नाकाहरु रहेका छन् । जसमध्य सबै नाकाहरुको अवस्था निकै जिर्ण रहेको छ ।

भुगोलको दृष्टिकोणले हेर्ने हो भने, कुनै पनि नाकामा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत यातायात, सञ्चार लगायत विभिन्न आधारभुत आवश्यकताबाट बञ्चित रहेका छन् ।

यस क्षेत्रमा करिब दशहजार जनसंख्या रहेको छ । तर, अहिलेसम्म नाकाक्षेत्रमा बसोबास गर्दै आएका विना बर्दिका प्रहरी (सिमाबासी)ले नेपाली भएपछि नेपालीपनको अनुभुती गर्न पाएका छैनन् ।

दैनिक उपभोग्य सामाग्री देखि लिएर ज्याला मजदुरीको लागि छिमेकी राष्ट्र भारत जान बाध्य रहेका छन् नाकाबासीहरु । दाङको महेन्द्र राजमार्ग देखि करिब दक्षिण तर्फ रहेको गढवा र राजपुर गाउँपालिकामा पर्ने ३४ वटा नाका मध्य कोइलावास नाकामा यातायातको सुविधा

रहेता पनि अन्य पटौली, खांग्र र सुनपत्थरी नाकामा आवत जावतको लागि गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ट्र¥याक खोलिएको छ ।
पूर्व अर्नानाका देखि पश्चिम भौवानाकासम्म ८३ किलोमिटरको दुरी रहेको नाका क्षेत्र अहिलेसम्म महेन्द्र राजमार्गसंग जोडिएको छैन ।

 

जसको कारण दाङका सिमाक्षेत्रमा बसोबास गर्दै आएका नाकाबासीहरुले विभिन्न आधारभुत सेवाहरुबाट बञ्चित हदै जानु परेको राजपुर गाउँपालिका वडा ७ भौवानाका निवासी श्याम झाक्रीँले बताए ।

 

उनले भने,– ‘समग्र नाकाको विकासको लागि नाकामा प्रत्येक वर्ष विभिन्न विद्यालयहरुले नाकास्तरीय खेलकुद महोत्सवको आयोजना गर्छन् ।
‘चुनाब लाग्यो भोट माग्न आउँछन विभिन्न आश्वासनको प्रतिवद्धता देखाउँछन् तर, चुनाव जितेपछि एक फटक फेर्केर पनि आउँदैनन् । नाकाको अवस्था जस्ताको तस्तै छ ।’ स्थानीयले भने ।

यता राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाका निवासी हेमराज गिरीले आफुलाई नेपाली हुनुमा शंका लाग्ने बताए । उनले भने ‘हामी नेपाली हौ कि, भारतीय हौँ ? हामी सिमाबासीहरु नेपाली हौँ भने नाका क्षेत्रमा विकास गर्नु प¥यो, होईन भने हामीलाइ भारतमा गाभिदिनुप¥यो ?

 

 

प्रकाशित मिति : २०७७ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया