बेलायतमा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न थालियो

काठमाण्डौ,१२ बैशाख ।

युरोपमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ । भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ । उनीहरुमध्ये आधालाई कोभिड १९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ ।

परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप दिइँदैछ भन्ने बारेमा भने थाहा पाउने छैनन् । तर डाक्टरलाई भने यस बारेमा जानकारी हुने खबरमा उल्लेख छ । अक्सफोर्ड युनिभर्सिटीमा तीन महिना लगाएर विकास गरिएको खोप परीक्षण गर्न थालिएको हो । काेराेना भाइरसविरुद्धकाे खाेप लिनेमध्ये एक इलिसा ग्रानाटाेले भनिन्, ‘म वैज्ञानिक हुँ त्यसैले मैले सकेसम्म वैज्ञानिकहरुकाे प्रक्रियालाई सहयाेग गर्नुपर्छ ।’ ‘याे खाेपप्रति मलाई एकदमै विश्वास छ’, उनले भनिन् ।

प्रकाशित मिति : २०७७ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया