न्युनतम मापदण्ड पुरा नगरेर क्वारेन्टाइनमा हुलियाे मान्छे,, बढ्याे झनै संक्रमणको खतरा

तुलसीपुर, ११ बैशाख

तुलसीपुर –१७ स्थित प्राथमिक विद्यालय वनकट्टामा रहेको क्वारेन्टाइनमा मानिसहरुलाई अमानविय तवरले हुलिएको छ । बैशाख ६ र ९ गते देशका विभिन्न भागबाट गाउँमा आईपुगेका १९ जनालाई क्वारेन्टाइनको न्युनतम मापदण्ड समेत पुरा नगरेर हुलिएको छ ।

उनिहरुलाई घरबाटै ओढ्ने ओछ्याउने कपडा र पकाउने भाँडाकुडा ल्याउन पठाईएको छ । खाना पकाउन एउटा ग्याँस दिइएको छ ।

त्यसैलाई सबैले पालैपालो गरेर खाना पकाउने गरेका छन् । क्वारेन्टाइनमा मक्षरबाट बच्न झुल पनि छैन भने उज्यालोका लागि बत्तीको समेत व्यवस्था गरिएको छैन । त्यसैगगरी १९ जनाका लागि छात्राले प्रयोग गर्ने एउटा शौचालय प्रयोग गर्न दिएको छ ।

‘रातभरी मक्षरले टोकेर सुत्न दिदैनन् । त्यसैमा उज्यालो नहुँदा सौसाँझै अध्याँरो हुदा छाम्मछुम्म गर्नु पर्छ । ६ गतेदेखि क्वारेन्टाइनमा बसेका सन्तोष नेपालीले भने – ‘ खाना पकाउने ग्याँस चुलो सबैको एउटै भएकाले झनै खतरा भएको छ ।’

रातबिरातमा त्यो पनि स्कुल र वरपरी झाडी भएकाले सापसपीलाको डर हुने बताउदै उनिहरुले आफुहरुलाई असुरीक्षत रुपमा राखेर मानविय व्यवहार समेत नगरेको उनिहरुले गुनासो गरेका छन् ।

यता तुलसीपुर उपमहागनरपालिका–१७ का वडाध्यक्ष थलबहादुर पुरीले स्कुलमा राम्रैसंग बसाएको बताएका छन् ।

क्वारेन्टाइन घरको जस्तो नहुने बताउदै सके जति वडाले व्यवस्था गरेको बताए । त्याँ बस्दै आएका अधिकांस निम्न बर्ग र त्यो पनि दलित समुदायका धेरै मजदुर छन् । उनिहरु धादिङ र काठमान्डौबाट आएका थिए । अहिले बस्दै आएको क्वारेन्टाइन भन्दा घर, कयौं गुना सफा रहेको उनिहरुले बताएका छन् र

प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया