कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २६ लाख बढि ,७ लाख बढि निको भए

काठमाडौ, ११ बैशाख ।

विश्वभर कोरोना भाइरसका कारण २६ लाख ३७ हजार ६ सय ७३ नागरिक सङ्क्रमित भएका छन् । भाइरसका कारण १ लाख ८४ हजार २ सय १७ जनाको मृत्यु भएको छ ।

यस्तै सङ्क्रमित भएका मध्ये ७ लाख १७ हजार ६ सय २५ भने निको भएर घर फर्किएका छन् । अहिले सम्ममा ५६ हजार ६ सय ७४ जनाको स्वास्थ्य अवस्था जटिल रहेको छ भने १६ लाख ७९ हजार १ सय ५७ जनाको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया