नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं, १० बैशाख

उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलित स्वावको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

उपचार गरे घर फर्किनेको संख्या ७

कोरोना भाइरस संक्रमणको उपचार गरे घर फर्किनेको संख्या ७ पुगेको छ । बुधबार एकैदिन २ जना संक्रमित डिस्चार्ज भएका छन् ।

१ जना पुरुष सेती अस्पतालबाट डिस्चार्ज भएका छन् भने अर्का १ व्यक्ति टेकु अस्पतालबाट आज डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि सेती अस्पतालबाटै २ जना, त्यसअघि टेकु अस्पतालबाट १ युवती, बागलुङ अस्पताल १ महिला डिस्चार्ज भएका थिए । त्यस्तै, पहिलो संक्रमित यसअघि नै निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया