सल्यान २९, वैशाख/ मतदाता परिचय पत्र लिएर घर फर्कदै गर्दा भिरबाट खसेर एकजनाको मृत्यु भएको छ । सारदा नगरपालिका १० वल्ले निवासी ४५ वर्षिय खुम वहादुर कवरको भिरबाट खसेर मृत्यु भएको हो । विहिवार आफनो केन्द्रमा पुगेर मतदाता परीचय पत्र लिएर घर फर्कदै गर्दा शानपा १० कै वाँजभिरबाट खसेर कुँवर गम्भिर घाइते भएका थिए । घाइते कवरको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति : २०७४ बैशाख २९ गते शुक्रवार