सशस्त्र प्रहरी सहित ५ जनाको रिपोर्ट नेगेटिभ

तुलसीपुर, १० बैशाख

तुलसीपुरको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका शसस्त्र प्रहरी सहित पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उनिहरुको नेपालगंजमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।
आइसोलेसनमा शसस्त्र प्रहरी बल बेस क्याम्प भालुबाङका २ जना र तुलसीपुरका ३ जनालाई राखिएको थियो ।

सामान्य ज्वरो, रुघाखोकी लागेपछि उनिहरुलाई स्वास्थ्यकर्मीको समन्वयमा कोरोना विशेष अस्तालमा लगिएको थियो । उनिहरुको स्वाब आज बिहान पठाइएको थियो ।

 

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया