दाङका मस्जितको अनुगमन

दाङ, ९ बैशाख

दाङका मस्जिद तथा मदरासाहरूमा अनुगम गरिएको छ । विदेशबाट मुस्लिम समुदायका मानिसहरू आएर लुकेको भन्ने आशंकामा जिल्लामा रहेका २१ वटा मस्जिद तथा मदरासाहरूमा अनुगमन गरिएको हो ।

केही समयमा अगाडी सिमावर्ती तराइका जिल्लाहरूमा विदेशबाट आएकामा कोरोना संक्रमण देखिएपछि देशैभर रहेका मस्जिदहरूमा अनुगमन गर्न थालिएको थियो ।
दाङ जिल्लामा अनुगमनका क्रममा लुकेर बसेको अवस्था कतै नभेट्टिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका शाखा अधिकृत हिमाल विश्वकर्मा, रिपुमर्दन गण घोराहीका मेजर श्याम थापा, मानव अधिकार कर्मी तथा मुस्मिल संगठनका केन्द्रिय सचिवालय सदस्य एबम् दाङ जिल्ला इन्चार्ज साजीदा सिद्धिकी लगायतले अनुगमन गरेका थिए ।

अनुगमन गर्दा मस्जिदमा अजन तथा नमाज पढ्ने कतै एक जना र कतै दुई जना बाहेक अन्य नभेट्टिएको जिल्ला प्रशास शाखा अधिकृत विश्वकर्माले जानकारी दिए ।

जिल्लामा २० वटा मस्जिद र २१ वटा मदरासा रहेका छन् । ति सबैको अनुगमन भएको छ ।

 

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया