अबोध बालिकालाई के थाहा भात कहाँ पाइन्छ ?

९ बैशाख २०७७

अश्वाराबाट तुलसीपुरबा  रेडियो प्रकृति एफएम तर्फ गईरहेको थिए बाईकमा । पाईन्टको गोजीमा रहेको मोबाईल भाइबरेसनले थर्कीरहेको थियो । भनेको मतलव कसईले फोन गरेको थियो रत मोबाईलले भाईवरेसन मार्फत जानकारी दिइरहेको थियो ।

लामो समयसम्म थर्कीरहेपछि तुलसीपुर–सुर्खेत सडक खण्डको चमीखोला पुल नजिकै बाईक रोके र गोजीबाट मोबाईल झिकेर हेलो भने । फोनमा कुरा गरेपनि मेरो ध्यान म तर्फ आईरहेका स–सान दुई जना बालिका र एउटी महिला तर्फ थियो ।

सानो कुम्लो बोकेर करिब ७/८ बर्षकी बालिका अघि–अघि हिडिरहेकी थिइन् । बिचमा पिठयूँमा कालो ब्याग त्यसमाथि पालाष्टिकको ठूलो झोला बोकेकी आमा, पछाडि फर्किएर छिट्टो आइज है मलाई नसता भन्दै अगाडि बढीन् ।

पछिपछि ती अबोध बालिका आमा भोग लाग्यो भन्दै रुदैंरुदैँ आइरहेकि थिइन् । अलि पर पुगेपछि आमाले बालिकाको कपाल समातेर लुछिन् र ल खा भात  भन्दै पिठ्यूँमा दम्म पारिन् !

मैले बाईक अड्याए र उनि तर्फ अघि बढे । किन पिट्नु हुन्छ बच्चालाई ? यीनलाई के थाहा । खाना, घर पाइन्छ कि बाटोमा भन्ने कुरा । नानीको कुनै गल्ती छैन । मैले आफनो कुरा राख्दै सोधे हजुरको घर काहाँ हो र ? ।

रिसले चुर भएकी उनि मसंग बोलिनन् । हजुरको घर नजिकै होकि, टाढा हो ? फेरी सोधे अहँ उनि बोलिनन् । चर्को गर्मिमा पसीनाले निर्थुक भिजेको लखतरान शरिर । लाग्छ उनिहरु धेरै टाढाबाट आएको हुनुपर्छ ।

रत अबोध बालिकाले भोग लाग्यो भनिरहेकी छन् । खुट्टा सुनिएका छन् । आमालाई धेरै असैह्य पिडा छ सायद । त्यैसैले आपूmले जन्माएका र हुर्काएका छोरीलाई पिट्दै आफुतिर तानेर अघि हुत्याउँछिन् ।

तर बोलाउँदा बोल्दिनन् । त्यो दृश्य देखेर मेरो मन भक्कानियो । यसो वरपर हेरे कतै पसल खुलेका थिएनन् । उनिहरु आफनै गतिमा अघि बढि रहे ।

उनि नबोलेकै कारण मानविय नाताले मैले केहि सहयोग गर्न सकेन् । यस्ता दर्दनाक दृश्य आज भोलि मान्छेका लागि सामान्य भइसके । हिजो–आज नेपालका सडकमा हजारौ मान्छेहरु अलपत्र परेका छन् ।

घरमा पुग्ने अभिलाषाका साथ भोकभोकै ७ दिन, १० दिन, १२ दिन १६ दिनसम्म पैदल हिडेर घर तर्फ अइरहेका छन् । कोहि गइरहेका छन् । स–साना नानीबाबुसंग, त्यो पनि ओढ्ने ओछ्याउने र लगाउने कपडा बोकेर हिडेकाहरु सडकमा सुत्दै हिड्दै गरेका छन् ।

आज तिनी मजदुरको दुःख कसले बुझने । समयमा खाना, समयमा पानीको प्यास मेट्न, समयमा सुत्न नपाउँदा र भोक भोकै हप्तौ हिड्दा खुट सुन्निएर हिडाईको चापका कारण बिरामी भएर कतिपय त बाटौमा ढलेका छन् ।

लगाएको चप्पलनै चुँडिएर कतिपय खाली खुट्टै हिडेका छन् । तिनलाई कसले हेर्ने । पर्वतबाट ९ दिन लगाएर बल्लतल्ल तुलसीपुर आइपुगेका सल्यानको काल्चे घर बताउने रोबरबहादुर खत्रीले भने ‘सडकमा सबैभन्दा बढी बेजोग र चरम पिडा बालबच्चासंग भएका परिवार र वृद्धको छ ।’
जीवनमा कहिल्यै नपाएको दुःख यसपाली पाएको बताउदै अर्का शेरचन पुनले भने सरकारलाई हाम्रो मायाँ भएन । शिरको टोपी झिकेर अनुहारको पसिना पुछ्दै गुन्टासहितको झोला विसाए ।

हो, यसैगरी पानी पियर सास धान्दै घर पुगेर परिवार भेट्ने आसाले गाउँ फर्किएका श्रमिक मजदुरहरुको ताँती देख्न सकिन्छ अचेल सडकमा ।

त्यसैले त होला जति दुःख कष्ट सहेर भएपनि हिँडेरै काम र माम दुवै नपाएर कोरोनाको त्रासंगै घर पुग्ने आसमा सडकमा समूहसमूहमा पोकापुन्तुरा बोकेर हिडिरेको दृश्य कारुणिक छ ।

यो दृश्यले कसको मन रुँदैन होला र ? सानासाना छोराछोरी काँधमा बोकेर दाङ, बाँके, बर्दिया, कैलाली, सल्यान, रुकुम, रोल्पाका लागि पाईला अघि बढाएका ती मजदुरको एउटै जवाफ आउँछ –खान र बस्न समस्या भयो अनि हिड्नुपर्ने बाध्यता भयो ।

त्यतिले पनि उनिहरुले सुख पाएनन् । बस्ने हो भने कोठामा अन्नपानीको गेडा छैन् । जाउँ सडकमा लकडाउन भन्दै प्रहरीले हिड्न दिदैन् । उल्टै भाटाले हिर्काउछ । कति दर्दानाक पिडा । बाँचे न रोग लाग्ने हो । मरे केको रोग ? भोगो पेटका अघि केको रोग ? ।

यो देशमा साँचिक्कै जनताको सरकार थियो भने । जनताको सुखदुःखमा साथ दिने राजनेता भइदिएको भए के आज हजारौ मजदुरले सडकमा बास हुने थियो ? के सत्तामा बस्नेका आँखा, वुद्धि र विवेकनै थिएन त ? अनि सर्वोच्को आदेश कुर्नु पर्ने ।

कुनै पनि मानव प्राणी के रोगबाट बच्नकै लागि भोकै बस्न र सर्यौ किलोमिटरको दुरी पार गर्न सक्छ त ?

के हामीमा मानवियता छैन् ? स्थानीय सरकारसंग समन्वय गरेर जनताले तिरेको करबाट जम्मा भएको ढुकूटीले सयौं मजदुरहरुको भोको पेट भर्ने के हामीमा आँट आएन ?

गरिब, मजदुर वर्गको बलिदानीबाट संघिय लोकतान्त्रिक गणतन्त्रको खोल आढेर सत्तामा पुगेका तिमिहरुले ठूलै मूल्य चुकाउनु पर्ने छ । मात्रै ढिलो चाँडो हो ।

 

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया