आज र भोली पानी पर्ने सम्भावित स्थान कुन कुन हुन्

काठमाडौ, ९ बैशाख ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ । पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भएको छ । अन्य स्थानको तुलनामा प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा वर्षा बढी भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मन्जु बासीका अनुसार मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएको छ ।

 

पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भाना पनि रहेकाले खासगरी कर्णाली, प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ को पहाडी भागबाट बहने नदी तथा खोलामा जलसतह बढ्ने अनुमानसमेत गरिएको छ ।

मौसमविद बासीले अहिले प्रिमनसुन गतिविधि सक्रिय छ । त्यसमा पनि स्थानीय वायु र पश्चिमी निम्न चापीय प्रणाली मिसिएको छ । बङ्गालको खाडीबाट निस्किएको जलवाष्पयुक्त हावा आइरहेकाले पनि नेपालमा पानी परिरहेको छ । मौसमी प्रणालीलाई हेर्दा आज(मंगलवार) दिउँसो र भोलि (बुधवार)सम्म पानी पर्ने सम्भावना छ । तर आजको तुलनामा भोलि कम पानी पर्ने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया