राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन, यस्तो बन्यो प्रावधान

काठमाडौ, ८ बैशाख ।

सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ । सरकारले ल्याएको अध्यादेशले आवश्यक परे पार्टी फुटाउनका लागि बाटो खोलिदिएको छ ।

राजनीतिक दलसम्बन्धी विद्यमान ऐनमा पार्टी फुटाउनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्य आवश्यक पर्छ ।

सामेवार मन्त्रिपरिषद्बाट संसोधन गरिएको अध्यादेशले पार्टी विभाजनका लागि संसदीय दलमा मात्र ४० प्रतिशत पुग्दा पनि विभाजनले मान्यता पाउने प्रावधान समेटिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया