पैसा फालेर हिँडेका महिलामध्ये एकजनामा कोरोना पोजेटिभ

जनकपुरधाम, ६ बैशाख

जनकपुरधामको सडकमा पैसा फालेर हिँडेका दुई महिलामध्ये एक महिलामा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ पाइएको छ ।

शुक्रबार जनकपुरधाम उपमहागरपालिका वडा –४ महावीर चोकस्थित बीच बाटोमै पैसा फालेर भाग्ने महिलालाई आज नियन्त्रणमा लिई

स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

 

सिसिटीभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ की आमुना खातुन र अलिना खातुनलाई प्रहरीले जानकी मन्दिर पछाडी रहेको मस्जिद नजिकबाट पक्राउ गरेको थियो ।

दुबै जना नन्द र भाउजु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।  १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेका थिए

 

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया