सात दिनपछि अन्न मुखमा छिर्‍योः मजदुर

शिवु खनाल

दाङ, बैशाख ६/  शुक्रवार विहान चार बजे बुटवलबाट बर्दियाको यात्रा तय गरिन कमला थारूले । विगत ३ वर्षदेखि बुटवलमा घर बनाउने काम गर्दै आएकी थारु लकडाउनले कामकाज सबै ठप्प भएपछि घर जाने निधो गरिन ।

उनले भनिन ,–। ‘कोठामा भएको सबै खर्च सकियो । काम लगाउने ठेकेदार सम्पर्कमा पनि आएन । खाने खर्च सकिएपछि अव हिड्दै भएपनि घर जानुपर्ने बाध्यता आएको हो । बुटवलबाट दुइदिनका दाङको लमहीमा आएर अन्न मुखमा हाल्न पाइयो । चिउरा खाएर हिडेको थिए । लमहीमा आएर बल्ल अन्न मुखमा हाल्न पाइयो ।’

बाटोमा कोही कसैले सोध्दैन । भोकभोकै हिड्दै आएका छौ । शरिर थाकेर लखतारण परेको छ । सुनसान राजमार्गमा विसाउदै विसाउदै आउँदै गरेका छौँ । कोठाबाट सुख्खा रोटी खाएर पैदल हिडेको आज ठिक ७ दिनका काठमाण्डौँबाट दाङको लमही आएको, कैलाली टिकापुर नगरपालिका वडा नम्बर २ निवासी सन्तलाल चौधरीले दुखेसो पोखिन ।

उनले भनिन,–। ‘विचबाटोमा स्थानियहरुले भुजा खुवाउथे । त्यही भुजा र खोलाको पानीको भरमा दाङ सम्म आइपुगियो । अझै घर सम्म पुग्न कती दिन लाग्ने हो । हिड्दा हिड्दै खुट्टा सुन्निएको छ ।’ काठमाण्डौँ देखि लमहीमा आएर पतञ्जली योग लमहीले टन्न पेटभरी खान खान पाइयो ।
बुटवलको देविनगरदेखि महेश चौधरी बर्दिया राजापुरको लागि साइकलको यात्रामा निस्किए ।

उनले पनि खाने खर्च सकिएपछि घर तर्फ जान साइकल यात्राको तय गरेको बताए । ‘एउटा साइकलमा श्रीमती एक छोरा, छोरी र म भएर निस्किएका हौँ । साथमा केही लुगालत्ता पनि रहेको छ ।

बल्लतल्ल चोक चोकमा विश्राम गर्दै दाङ सम्म आयौँ, ’ उनले भने –‘ ४ वर्षीय छोरी र ६ वर्षीय छोरा, श्रीमती र मैले दरिया खाएर निस्किएका थियौँ । दुइदिन भयो । पानी बाहेर अन्य केही खाएका छैनौँ ।’ भोकप्यासले चक्कर लाग्ने थकाइ लागे जस्तो भयो र एक छिन लमही स्थित चौतारोमा विश्राम गरेका छौँ ।

मजदुरलाई पेटभरी खान खुवाउँदै पतञ्जी योग लमही
दाङ देउखुरीको पतञ्जली योग लमहीले लमहीको बसपार्कमा मेस संचालन गरेको छ । लकडाउनले प्रभावित परेका पैदल यात्री मजदुर र खाने

खर्च विभिन्न जिल्लाबाट घर तर्फ निस्किएका अलपत्र परेका मजदुरहरुलाई निशुल्क खान खुवाउने उद्देश्यले लमही बसपार्कमा मेस संचभालन गरेको दाङ जिल्ला पतञ्जली योगका महिला उपाध्यक्ष सहना श्रेष्ठले बताए ।

उनले भने ,–। ‘हामीले शनिवार देखि लमहीको बसपार्कमा मेस संचालन गरेका छौँ । आज मात्रै तिनसय जना पैदल यात्री मजदुरहरुलाई पेटभरी खाना खुवाएर पठाएका छौँ । लकडाउन नसकिदा सम्म लमहीको बसपार्कमा मेस संचालन गरि यसरीनै निशुल्क खान खुवाउने अभियान चलाउनेछौँ ।’

‘प्राय पूर्वबाट कैलाली, कंचनपुर, बाँके, बर्दिया र पश्चिमबाट स्याङ्जा पोखरा, बुटवल सम्म जाने पैदल यात्रुहरुलाई पेटभरी निशुल्क खाना खुवाएर पठाएका छौँ ।’

लकडाउन सम्म अलपत्र परेका पैदल यात्रीहरू र दुई जिउकि सुत्केरी, खाना नपाएर रातदिन गन्तव्यमा हिडेका पैदल यात्रीलाई खाना खुवाउने योजनाका साथ अगाडि बढेको पतञ्जली योग लमहीका अध्यक्ष भेषराज भट्टराइले बताए ।

 

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया