परिवारसँग अलग हुँदा सञ्जय दत्त तनावमा

एजेन्सी, ६ बैशाख

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त यतिबेला परिवारसँग अलग हुनुपरेका कारण तनावमा छन् । उनकी पत्नी मान्यता दत्त र दुई सन्तान अहिले दुबईमा छन् । बच्चाहरूको स्कुल बिदा भएपछि उनीहरू छुट्टी मनाउनका लागि दुबई गएका थिए । फिल्मको कामको व्यस्ताका कारण सञ्जय आफ्नो परिवारसँग दुबई जान सकेनन् ।

सोही कारणमा एकाएक कोरोना भाइरसको संक्रमण बढेपछि भारत आउने अन्तर्राष्ट्रिय उडान बन्द गरियो । जसका कारण उनका परिवार दुबईमै फसेका छन् । यतिबेला श्रीमती र छोराछोरीले भारत फर्कन दिनदिनै फोन गरेपछि आफू तनावमा परेको यी अभिनेताले बताएका छन् ।

एकातिर उनी घरमा एक्लै छन् । यो लकडाउनको बेला परिवारलाई समय दिन चाहेका यी अभिनेताले परिवार दुबईमा फसकेपछि झन् तनाव झेल्नुपरेको छ । भारतले आफ्ना नागरिकलाई दुबईबाट फिर्ता ल्याउन जहाज पठाएको खण्डमा सञ्जयका परिवार मुम्बई आउन पाउनेछन् ।

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया