तुलसीपुरमा अलपत्र परेका ९७ जनालाई गाडि बनाएर पठाइयो

तुलसीपुर, ५ बैशाख

पैदल हिडेर तुलसीपुर आइपुगेकालाई ९७ जनालाई पालिकाको सहयोगमा घरतर्फ पठाइएको छ ।

धादिङ, स्याङजाबाट आएका उनिहरुलाई उनिहरुको घरतर्फ पठाइएको तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए ।

सल्यानका ८४ जनालाई तुलसीपुर उपमहागरपालिकाको ट्रिपर, त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिको बस र कपुरकोट गाउँपालिकाको पिकअप भ्यानमा पठाइएको छ ।

त्यसैगरी  बबई गाउँपालिकाको गाडीमा  पञ्चकुलेका ७ जना  र सुर्खेतका ५ जनालाई हंसपुरसम्म पठाइएको छ । अलपत्र परेका उनिहरुलाई नास्ता र पानीको व्यवस्था ५ नम्बर वडाले गरेको थियो ।

तुलसीपुरमा अलपत्र परेका उनिहरुलाई आज साँझ पठाइएको थियो । ९७ जना मध्य सुर्खेतका ५ जना, पञ्चकुलेका ७ जना एक जना रुकुम र बाँकि सल्यानका थिए ।

उनिहरु ७ दिन र ९ दिन पैदल हिडेर तुलसीपुर आइपुगेका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया