तुलसीपुरको बाहिनी चौकमा भिड

तुलसीपुर,५ बैशाख ।
कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको छ । तर लकडाउनको पालना गर्नुको साटो तुलसीपुरको बाहिनि चौकमा दैनिक जसो भिड लाग्ने गरेको छ । गाँउबाट किसानले ल्याएका तरकारी किनमेल गर्नेहरुले सामाजिक दुरी समेत कायम नराखि भिडभाड गर्ने गरेको सर्बसाधरणको गुनासो छ ।

कोरोना भाईरसबारे जानकारी हुदाहुदै पनि सर्बसाधरण समेत यसमा सचेत हुनुपर्ने कतिपयको भनाई छ । यसको ब्यवस्थापनका लागि सम्बन्धीत निकायले ध्यान दिनुपर्ने नागरीकहरु बताउछन । यता वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामिछानेले भने मण्डी सिल भएको हुदा गाँउबाट आएका किसानहरु सडकमा भएकोले केहि समस्या भएको बताएका छन । यसको लागि आज नै ब्यवस्थापन हुने उनले बताएका छन । त्यसैगरी दैनिक विहान ९ बजे सम्म खल्ने खाद्य पसलमा समेत सामाजिक दुरी कायम नराखी किनमेल भैरहेको पाईएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया