भैरहवामा नेपाली सेना परिचालन

तुलसीपुरखबर, ४ बैशाख

रूपन्देहीको भैरहवामा सेनालाई परिचालन गरिएको छ । लकडाउन कार्यान्वयन गराउन निस्केको प्रहरीलाई स्थानीयले नटेरेपछि सेनलाई सडकमा उतारिएको हो ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनको अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको हो ।

लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा विनाकाम सडकमा निस्कने क्रम बढेपछि सेनालाई समेत गस्तीमा खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

उनका अनुसार सेनाले आवश्यकताअनुसार नेपाल प्रहरीलाई जाँचमा सघाउने छ । भैरहवाका बुद्धचोक, देवकोटाचोक, मिलनचोकलगायत क्षेत्रमा लकडाउनको समयमा पनि भीडभाड बढ्ने गरेको छ ।

 

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया