यातायात मजदुर गोतामेले खाद्यन्न सहयोग गरे

तुलसीपुर, ४ बैशाख ।

तुलसीपुर १८ दुधरास सातकुले बस्ने राजु गोतामेले वडा कार्यालयलाई खाद्यन्न सहयोग गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिका साधारण सदस्य समेत रहेका गोतामेले संकटको बेलामा कोहि पनि भोकै बस्न नपरोस् भनेर आफुले १२५ केजी चामल,१० लिटर तेल र १० केजी नुन सहयोग गरेको बताएका छन् ।

वडा अध्यक्ष माधव वलीलाई उक्त खाद्यन्न हस्तान्तरण गरेको सहयोगदाता गोतामेले जानकारी दिएका छन् ।अति विपन्न घरपरिवारलाई राहतका लागी वितरण गर्ने गरी वडा कार्यालयलाई खाद्यन्न सहयोग गरिएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया