सल्यानमा एक महिना भित्र झन्डै आठ सय जना घर फर्किए

फोटो फाईल

दाङ, ४ बैशाख ।

रोजगारीको शिलशिलामा देश बाहिर गएका सल्यानका झन्डै आठ सय जना घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानले दिएको जानकारी अनुसार गएको चैत १ गतेदेखी बैशाख ३ गते सम्मको तथ्याङकमा विभिन्न कारणले देश बाहिर गएका जिल्लाका ७ सय ८२ जना घर फर्किएका छन् ।

जिल्लाका सम्वन्धित स्थानिय तहबाट प्राप्त भएको तथ्याङकको आधारमा जिल्ला भरीको विवरण तयार पारिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जानकारी दिनुभयो । छिमेकी देश भारत सहित मलेसिया, साउदी, दुवै लगाएतका देशबाट उनीहरु विभिन्न समयमा घर फर्किएका हुन् ।उनीहरुलाई सम्वन्धित पालिकाले १४ दिन सम्म क्वारेन्टाईनमा समेत राखेका थिए । प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार सवैभन्दा धेरै भारतबाट सात सय बढि आएका छन् ।

यसरी घर फर्किनेमा सवैभन्दा बढि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा १ सय ७१ छन् । यस्तै दार्मा गाउँपालिकामा १ सय ६६, शारदा नगरपालिकामा १ सय ३०, बागचौर नगरपालिकामा १ सय ६, कुमाख गाउँपालिकामा १ सय ३, कपुरकोट गाउँपालिकामा २७, त्रिवेणि गाउँपालिकामा १४, सिद्धकुमाख गाउँपालिकामा ३८, कालिमाटी गाउँपालिकामा ३२ र छत्रेश्वरी गाउँपालिकामा २२ जना रहेका छन् ।उनीहरु कसैपनि हालसम्म कोरोना भाईरसको लक्षण देखा नपरेको प्रजिअ पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया