गरिबको भोको पेटमा लात नहान !

‘मोटो चामल छ भन्ने थाहा पाएको भए त मैले ल्याउने नै थिइन् । मसिनो चामल भनेको त मोटो पो रहेछ । राम्रो कसले देला के’ गाउँकै एक छिमेकि महिलाले गरेको कुरा सुनेका छवि परियारले भने ।

अझ रमाईलो कुरा परियारले के सुनाए भने कतिपय राहात पाउने वालाहरुले हरियो–परियो साग शब्जी नै खान छोडे रे । किन भनेर सोधेको त लकडाउनका कारण ब्रोईलर कुखुराको मुल्य घट्यो अनि खान छोडे भनेर हाँस्दै जवाफ दिए ।

यो कुरा सत्य पनि हो । कुनै मजाक हैन । जसले गरिबका नाममा राहात ओसारेका छन तिनीहरु तुलसीपुर उपमहानगरपालिका– वडा नं ५ भित्रका पर्दछन् ।
अझै अर्को रोचक कुरा । ‘घरमा धानको भकारी छ । उता गरिब भन्दै १५ किलो चामल लिएर आउँछन । लाज नभएको मुलुक ।’ तुलसीपुर–८ अश्वारा निबासी जया घर्तीले भनिन् ।

यो उदाहरण मात्रै हो । अझ कतिपयले त गरिब बर्गका नाममा आएको राहातलाई खानका लागि भन्दा पनि जाँर पकाउन र घरमा काम गरिदिने मान्छेलाई दिनका लागि ल्याएको भन्दै समाजमा आफनो रवाफ देखाउछन् रे ।

हामी यति नीकृष्ट किन भयौ ? किन यति निर्दयी भयौ ? समाजमा बसेर अफठेरो परेको बेला द्ुःख सुखमा एकले अर्कोलाई साथ दिने हिजोको हाम्रो समाजिक परमपरा र मर्यादा आज कहाँ गयो ?

यस्तो विकृति तपाईको गाउँ तिर पनि कसो न होला र ? आखिर समाजको चरित्र जहाँको भए पनि त्यही त हो । कोरोना भाइरस कोभिड–१९ ले यति बेला संसारलाई रुवाएको छ ।

आज विश्वभर एक लाख २८ हजार बढीले अकालमा ज्यान गुमाएका छन् । मान्छे मर्नुको कुनै ठेगानै छैन । आज मान्छेको मराई किरा मरे जस्तै भएको छ ।

यो रोग लाग्यो भने न परिवारलाई हेरचाह गर्न, चलाउन वा छुन दिइन्छ । न मृत्यु पश्चात अन्तिम दाहा संस्कार गर्न । अब आफै सोच्नुस कि कति भयावह रोग रहेछ ।

त्यस कारण विश्वभर तिब्र रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउनको घोषणा गरेको छ । किनकि कोरोना नियन्त्रणको अचुक अस्त्र भनेको नै लकडाउन हो ।

हाम्रो मात्र मुलुक होइन विकसित देशहरुले पनि लकडाउनलाई प्रमुख औषधीका रुपमा लिएका छन् । यसको आर्थिक घाटाको कुरै नगरौ । किनकी यसको कल्पनासम्म गर्न सकिदैन् ।

तर देशमा जस्तो सुकै संकट भएपनि मान्छेलाई भोकै मर्न दिनु त भएन । हाम्रो देश आफैमा गरिब देश हो । जहाँ लाखौ नागरिकले दैनिक ज्यालामजदुरी गरेर आफु र आफनो परिवारको भोको पेट भर्दै आएका छन् ।

यीनै दैनिक श्रम र पसिना बगाएर काम गरिखाने बर्गको जीवनयापन सहज बनाउन सरकारले ल्याएको राहातको प्याकेजमा अहिले हुनेखानेले पनि आँखा गाडेका छन् । जुन हुँदा खाने वर्गका लागि ल्याइएको राहात प्याकेज आज हुनेखानले गरिबको नाममा लुटेका छन् ।

आज उनिहरुले गरिबको भोको पेटमा लात हानेका छन् । उनका जहान छोराछोरीलाई भोकै मार्ने अवस्थमा पु¥याएका छन् ।
जसलाई राहातको १५ किलो चामल घरमा लगेपनि नलगेपनि कुनै फरक पर्दैन ।

तर एउटा गेडा पनि चामल नहुनेका घरमा त्यो राहात पुग्यो भने त्यो परिवार कति खुशी होला । यसको कुनै लेखाजोखा र कल्पना गर्न सकिदैन् । तपाई हामी जस्तै मान्छेले गरिब दुःखीका लागि दिएको राहातलाई दरिद्रता देखाएर लैजानु ठूलो पाप हो ।

आज तपाईहरु अधिकारका नाममा गरिबको भोको पेटसंग लडिरहनु भएको छ । उनिहरुको खुशी लुटिरहनु भएको छ र समाज र परिवारमा आफुलाई खुबै चलाख, बुद्धिमानी र स्वाभीमानी ठान्नु भएको छ । तर तपाईको असल चरित्र आज समाजले बुझिसकेको छ । मात्रै भन्न सकेको छैन् ।

आज तपाई समाजबाट नाङ्गी सक्नु भएको छ । अर्कोलाई दिएको खानेकुरामा सानो चित्त बनाएर म पनि भन्दै जानेसंग समाजले के आशा गर्ला ? अहँ कहिल्यै गर्दैन् ।

किनकि गरिब र दिन दुःखिका लागि आएको राहात माथि सिधै बाधक बन्न आउने तपाई समाजको चेतनशिल प्राणीको कोटीमा पर्नै सक्नुहुन्न । तपाईका कारणले आज ३० केजी चामल पाउनेले १० देखि १५ किलोमा चित्त बुझाउनु परेको छ ।

त्यसकारण यदि कतै तपाईले पनि यस्तै गर्दै हुनुहुन्छ भने तपाई समाजको कलंक हो । गरिब दुःखीको आत्म रुवाउने, उनिहरु पिडामा छट्पटीएको हेर्न चाहने तपाई मानव हैन दानव हो मान्छे भन्ने अधिकार तपाईलाई छैन् ।

 

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया