कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका ८ जनाको स्वाव संकलन

तुलसीपुर, ३ बैशाख ।
५ नम्वर प्रदेश सरकारले स्थापना गरेको दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा भर्ना भएकाहरुको स्वाव संकलन गरी विहिवार बुटवल पठाईने भएको छ ।

बुधवार थप तिन जना भर्ना भएपछि उनीहरुको पनि स्वाव संकलन गरी आठ जनाको परिक्षणका लागी विहिवार वुटवल पठाईने कोरोना विशेष अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव तथा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेण्डेन डाक्टर शर्वेश शर्माले जानकारी दिएका छन् ।

यस ९ जनाको स्वाब संकलन गरेर मंगलबार प्रादेशिक प्रयोगशाला बुटवल पठाईएको मध्ये ५ जनाको बुधवार रिपोर्ट आएको हो ।उनीहरुको सवैको नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया