तुलसीपुर क्षेत्रको एक घरमा आगलागी

फोटो फाईल

तुलसीपुुर, ३ बैशाख ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ पैयाखोरे स्थित जितभान विकको घरमा आगलागी भएको छ । बुधवार दिउँसो एक्कासी घरमा आगलागी भएको प्रहरीले बताएको छ ।

खरले छाएको एक तले घरमा आगलागी हुदा घरमा रहेको नगद बिस हजार सहित अन्नपात,लत्ताकपडा सवै जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगलागीबाट झन्डै डेढ लाख बराबरको क्षति भएको छ । आगलागी कसरी भएको भन्ने बारेमा केहि खुलेको छैन । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया