शान्तीनगर क्वारेन्टाईनमा फेरी दुई जना थपिए

निरास पाण्डे,

शान्तीनगर, ३ बैशाख ।

पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले वडा नम्बर तिन स्थित बि पि माध्यामिक विद्यालय बयाले सिंतरामा संचालनमा ल्याएको क्वारेन्टाइनमा फेरी दुई जना भर्ना भएका छन् । शान्तिनगर गाउँपालिकाका वडा नम्बर तीन निवासी ३० बर्षिय एक पुरुष र कृष्ण नगर निवासी ४८ बर्षिय एक महिलालाई बुधवार गाउँपालिकाले क्वारेन्टाइनमा भर्ना गरेको जनाएको छ।

भर्ना गरिएका मध्ये ३० बर्षिय पुरुष गोर्खा र ४८ बर्षिय महिला शान्तिनगर तीन साउने कृष्ण नगर बाट माइत आएको जनाइएको छ। मंगलवार मात्रै उक्त क्वारेन्टाइनमा शान्तिनगर ४ निवासी दुई जना युबा लाई क्वारेन्टाइनमा भर्ना गरिएको थियो ।

शान्तिनगरले संचालनमा ल्याएको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या अब ४ पुगेको छ। गाउँपालिकाले आफ्नो पालिका भित्र भाहिर बाट आउने ब्यक्ति पहिचान गर्न वडा जनप्रतिनिधि , सुरक्षा कर्मी र स्वास्थ्य कर्मी को टोलिलाई परिचालन गरेको छ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया