शान्तिनगरको क्वारेन्टाइनमा दुईजना भर्ना

निराश पान्डे
शान्तिनगर , २ बैशाख /  शान्तिनगर गाउँ पालिकाले संचालनमा ल्याएको दश बेडको क्वारेन्टाइनमा आज दुई जनालाई भर्ना गरिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि शान्तिनगर गाउँ पालिका वडा नम्बर ३  स्थित  वीपी माबि बयालेमा केही दिन अघिबाट संचालनमा आएको उक्त क्वारेन्टाइनमा २ जनालाइ भर्ना गरिएको शान्तिनगर स्वास्थ्य संयोजक हरि पुन ले जनाएका छन।
ज्याला मजदुरिका लागि काठमाडौ गएका ती ब्यक्ती आज नै घर आएको थाहा पाए पछि गाउँ पालिकाले क्वारेन्टाइन मा भर्ना गरेको छ भर्ना भएका ती ब्यक्ती हरुमाथी भोलि बाट नै चेक जाँच गरिने र कम्तीमा १४ दिन सम्म बस्नु पर्ने जनाइएको संयोजक पुन ले जनाए।
त्यसै गरि शान्तिनगर गाउँ पालिका लाई तुलसिपुर स्थिति युवा फर प्रोस रेटि नामक संस्थाले आजनै ५ क्विन्टल चामल उपलब्ध गराएको छ।  भने उक्त अवसर मा प्रदेश सांसद बिमला ओलि र नेकपाका नेता बिष्णु केसिको समेत सहभागिता रहेको थियो । त्यसै गरि शान्तिनगर गाउँ पालिकाले राहत बितरण भएका वडा नम्बर १ र २ मा समेत अनुगमन गरेको छ।

प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया