दाइकी छोरीलाई बलात्कार गर्ने तुलसीपुरमा पक्राउ

तुलसीपुर, २ बैशाख

आफनै दाइको ७ बर्षकी छोरीलाई बरजस्ती करणी गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा २५ बर्षका थमनबहादुर कवँर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गएको भदौ २४ गते बालीकालाई जबरजस्ती करणी गरे लगत्तै फरार भएका उनलाई प्रहरीले चैत्र २० गते पक्राउ गरेर अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

प्रहरीका अनुसार दाइकी ७ बर्षकी छोरीलाई बलात्कार गरेका कवँरले भाउजुलाई पनि पटकपटक जिस्क्याउने हातपात गर्न खोजेको जाहेरीमा उल्लेख छ । पक्राउ परेका ओरोपीलाई हाडनाता करणी  र जरजस्ती करणी सम्बन्धी दुई वटा मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया