दुध उत्पादक किसानद्धारा प्रहरीलाई निशुल्क दुध वितरण

फोटो फाईल

तुलसीपुर, १ बैशाख ।

लकडाउनको समयमा दुध उत्पादक किसानले नागरिकको सुरक्षाका लागी खटिने प्रहरीलाई निशुल्क रुपमा दुध उपलब्ध गराएका छन् । यसैक्रममा राष्टिय व्यवसायी पशुपालक तथा दुग्ध उत्पादक कृषक संघ नेपाल तुलसीपुर नगरकमिटिले तुलसीपुरका सुरक्षाकर्मीलाई दुध वितरण गरेको छ ।

 

कृषकले उत्पादन गरेको दुध संकलन गरी तुलसीपुर ट्राफिक प्रहरी र प्रहरी चौकी बेलुवालाई दुध उपलब्ध गराएको समितिका कोषाध्यक्ष चन्द्र बहादुर डाँगीले जानकारी दिएका छन् । उनका अनुसार क्रमस २५ र २० लिटर दुध वितरण गरिएको हो ।

 

दुध वितरण कार्यक्रममा तुलसीपुर नगर समितिका अध्यक्ष लाकेराज डाँगी, जिल्ला अध्यक्ष ससीराम बुढाथोकी, तुलसीपुर ९ का वडा अधयक्ष घनश्याम ढकाल लगाएको सहभागिता रहेको उनले जानकारी दिएका छन् । समितिले यस अघि पनि शसत्र प्रहरी तुलसीपुर र ईलाका प्रहरी कार्यालय तुलसीपुलाई दुध उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार
प्रतिक्रिया