तुलसीपुरका नगरप्रमुख पाण्डेद्धारा नयाँ वर्षको शुभकामना

 

तुलसीपुर,१ बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन् ।शुभकामना सन्देश दिदै नगरप्रमुख पाण्डेले जनतामा सकारात्मक सोच र विचारको विकास हुन सकोस् र नयाँ वर्षले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित राखोस् भन्ने शुभेच्छा समेत प्रकट गरेका छन् ।

शुभकामना सन्देश जारी गदै उनले उत्साहपूर्ण समयमा पनि हामी घरभित्र वस्न वाध्य छौ, सबैले आआफ्नो ठाउँबाट कोरोना संक्रमण विरुद्ध लड्नु आवश्यक रहेको उल्लखे गरे । तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमणको प्रकोपलाई मध्येनजर गरेर विभिन्न काम गरिरहेको वताउँदै उनले सबैलाई लकडाउनको पालना गर्नका लागि अनुरोध समेत गरेका छन् ।

“हामी सुरक्षित भयौ भने मात्रै हाम्रो परिवार र समाज सुरक्षित हुन्छ ” जारी सन्देशमा लेखिएको छ । महामारी विरुद्धको लडाइमा सबै नागरिकको साथ र सहयोग हुनेछ भन्ने आशा समेत गरिएको छ ।उच्च मनोबलका साथ कोरोनाको संक्रमणबाट सबै नगरबासीहरु सुरक्षित हुनका लागि नयाँ वर्षले शक्ति प्रदान गरोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार
प्रतिक्रिया