सामाजिक संस्थाद्धारा ४० हजार बढिको खाद्यान्न सहयोग

शान्तीनगर , ३० चैत । निराश पान्डे
पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ५ मा क्रीयासिल एक दर्जन बढी सामाजिक संघसंस्थाहरुले गाउँपालिकालाई ४० हजार बढिको खाद्यान्न सहयोग गरेका छन्। लकडाउनका कारण दैनिकी ज्याला मजदुरी गर्ने अति विपन्न बर्गलाई साँझ बिहान छाक टार्न समस्या परेको हुदा त्यस्ता व्यक्तिहरुलाई वितरण गर्नका लागी खाद्यन्न सहयोग गरिएको हो ।

 

गाउँपालिकाले त्यस्ता ब्यक्तीहरुको पहिचान गरि सात वटै वडामा खाद्यान्न बितरण गर्दै आएको छ । यसै क्रममा शान्तिनगर वडा नम्बर ५ स्थित सुबास स्मृति सहकारी संस्था लगाएत एक दर्जन बढी संस्थाहरुले ५२५ केजि चामल,१०० केजि नुन,२५.७ केजि दाल् र ३३० मास्क शान्तिनगर गाउँ पालिकाका अध्यक्ष कमानसिँङ् डाङ्गीलाई हस्तान्तरण गरिएको ५ का वडा अध्यक्ष गिरिराज बस्नेतले जानकारी दिएका छन।

गाउँपालिकामा ज्याला मजदुरी गरि खाने बिपन्न समुदाय का लागि विभिन्न संघ संस्था हरुले सहयोग गर्ने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ। खाद्यान्न सहयोग गर्ने दाताहरु प्रति पालिकाका अध्यक्ष डाँगीले आभारप्रकट गरेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र ३० गते आइतवार
प्रतिक्रिया