शान्ति समाजद्धारा फुडबैंकलाई खाद्यन्न हस्तान्तरण

तुलसीपुर, ३० चैत्र

मानव अधिकार तथा शान्ति समाज दाङले तुलसीपुर उपमहागनरको फुड बैंकमा पाँच सय बढी किलाे  खाद्यन्न हस्तान्तरण गरेको छ ।

समाजले पाँच सय किलो चामल र २५ किलो दाल उपलब्ध गराएको  समाजका अध्यक्ष शरद रेग्मीले जानकारी दिए ।

समाजका केन्द्रिय महासचिव सुशिल बस्नेत, केन्द्रिय सदस्य निर्मल नेपालीले मेयर घनश्याम पाण्डेलाई संयुक्त रुपमा खाद्यन्न  हस्तान्तरण गरेका हुन् ।

मानवअधिकारको टोलीले तुलसीपुर नगर क्षेत्रमा लकडाउनबाट प्रभावितको संख्या, तीनको अवस्थाका बिषयमा जानकारी समेत लिएको तुलसीपुर उपमहानगरपालिकाको मेयर सचिवालयका प्रमुख मानबहादुर रावतले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र ३० गते आइतवार
प्रतिक्रिया