नेकपा उद्योग विभाग दाङले थाल्यो राहात संकलन अभियान

तुलसीपुर, ३० चैत ।

कोरोना महामारी फैलन नदिन सरकारले गरेको लकडाउन बढ्ने सम्भावना बढेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ उद्योग विभागले राहत संकलन गर्न शुरु गरेको छ । नेकपा उद्योग विभागले अहिले चामल संकलन गरिरहेको छ । विपन्नवर्गका समुदायलाई पर्न सक्ने सम्भावित खाद्य संकट पूर्ती गर्न राहत संकलन गरिएको नेकपा दाङका उद्योग विभाग प्रमुख गेहेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार अहिले विभिन्न स्थानबाट राहत संकलन भइरहेको छ । सो राहत स्थानीयतहहरु मार्फत विपन्न वर्गका जनतालाई प्रदान गरिने बस्नेतले जानकारी दिए ।

विभागका उपप्रमुख यज्ञ केसीले तुलसीपुरमा पनि राहत संकलन शुरु गरिएको जानकारी दिए । उनले पार्टीको निर्देशनमा राहत संकलन एकद्धार प्रणालि मार्फत वितरण गर्ने गरी संकलन भइरहेको जानकारी दिए । नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले जनताको दुःखमा नेकपा सधै साथमा रहने बताएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र ३० गते आइतवार
प्रतिक्रिया