फुड बैंकमा आँखा अस्पतालद्धारा सहयोग

तुलसीपुर,२९ चैत ।

लकडाउनको समयमा बिपन्न बर्गलाई राहत प्रदान गर्न तुलसीपुरमा स्थापना गरिएको फुड बैंकमा खाद्यान्न सहयोग उठ्न क्रम जारी छ । यसैक्रममा आज मात्रै राप्ती आँखा अस्पतालले चामल ७ सय ५० केजि, दाल १ सय ८० केजि , तेल ५० लिटर , चिनी ५० के जि , साबुन १ सय ४४ पिस, नुन एक सय केजि सहयोग गरेको छ ।  अस्पतालका अध्यक्ष कृष्ण गिरीले मेयर घनश्याम पाण्डेलाई उक्त खाद्यान्न हस्तान्तरण गरेको मेयरको सचिवालय सदस्य मान बहादुर रावतले जानकारी दिएका छन ।

 

प्रकाशित मिति : २०७६ चैत्र २९ गते शनिवार
प्रतिक्रिया