तुलसीपुर ११ मा राहत वितरणमा भयो लफडा !

तुलसीपुर, २८ चैत ।
लकडाउनको अवस्थामा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न बर्गलाई सरकारले राहत वितरण कार्यक्रम ल्याएको छ । जनताको नजिकको सरकार स्थानिय सरकारले त्यस्ता व्यक्तिहरुको पहिचान गरी राहत वितरण गर्न थालेका छन् । यता तुलसीपुर उपमहानगरपालिका कार्यालयले पनि नगरका १९ वटै वडामा राहत वितरण गर्ने कार्य जारी राखेको छ ।
यसैक्रममा तुलसीपुर ११ मा विहिवार राहत वितरण गर्ने क्रममा विवाद भएको पाईएको छ ।

वडा कार्यालयमा भएको राहात वितरणमा राहत लिन आएका नागरिकहरुले १५ केजी चामल थोरै भएको भन्दै विवाद गरेपछि केहि समय लफडा भएको बताईएको छ । उनीहरुले सरकारले ३० केजी चामल दिने भनेता पनि वडा कार्यालयले एक बोरा चामलको आधा १५ केजी मात्रै दिएको भन्दै कतिपयले राहात नलिन खोज्दा विवाद भएको स्थानियले बताएका छन् । ठुलो संख्यामा भएका घरपरिवारलाई १५ केजी चामलले पाँच दिन पनि खान नपुग्ने भन्दै उनीहरुले वडा कार्यालयमा विरोध गरेपछि समस्या उत्पन्न भएको हो ।

यता वडा अध्यक्ष चित्र बहादुर वलीले सवैलाई राहात नपुग्ने भएपछि एक बोरा चामललाई दुई भाग गरि वितरण गरिएकोे बताएका छन् । टोल विकास संस्थाहरुबाट वडामा धेरैकोे नाम सिफारिस भई आएकोमा उपमहानगरपालिकाबाट एक सय घरपरिवारलाई पुग्ने राहात आएको हुदा आफुहरुले त्यसलाई बाँडफाड गरी एक सय असी घरपरिवारलाई राहात वितरण गरिएको बताएका छन् ।

वडा अध्यक्ष वलीले राहात लिन नचाहने व्यक्तिहरुले बेमतलब विरोध गरेको प्रतिक्रिया दिएका छन् । यस्तै अन्य केहि वडाहरुमा पनि यो समस्या देखिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया