तुलसीपुर, २६ बैशाख/ पूर्व तुलसीपुर नगरपालिकाका उपमेयर घनश्याम पाण्डेले टरिगाउँ क्षेत्रलाई पशुपालन क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । दुग्ध उत्पादनका दृष्टिकोणले टगरिगाउँ क्षेत्र अगाडि भएकाले यसलाई पकेट क्षेत्रकै रुपमा विस्तार गर्न सवै लाग्नु पर्ने बताए । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १२ ले टरिगाउँमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पाण्डेले अधिकाँस समुदाय कृषिमा आश्रीत भएकाले राज्यले किसान लक्षित कार्यक्रम ल्याउनु पर्ने बताए । व्यवसायिक पशुपालन गर्ने किसानका लागि राज्यले सुलभदरमा ऋणको व्यवस्था गरेर उनिहरुलाई कृषि पेशामा नै लाग्न उत्प्रेरणा प्रदान गर्नु पर्नेमा जोड दिए । वडा इन्चार्ज श्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य पदम केसी, अमित शर्मा, पारिवारीक निजी वन महासंघका अध्यक्ष जोगराज गिरी, रामसरण चौधरी, मानबहादुर केसी लगाएतले बोलेका थिए ।
टरिगाउँ क्षेत्रलाई पशुपालन क्षेत्रको रुपमा विकास गर्नु पर्छ : पाण्डे
प्रकाशित मिति : २०७४ बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया