क्याप्टेनको घटना मिलाउने योजना असफल

तुलसीपुर, २७ चैत्र

गुपचुप घटना मिलाउन खोजि रहेका बेला जिल्ला वन कार्यालय दाङले चालक सहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।  अवैध दाउरासहितको ट्याक्टरलाई नेपाली सेनाको श्री नं २ गण वन तथा पर्यावरण बेस क्याम्प अम्बापुरले छोड्ने तयारी गरिरहेका बेला जिल्ला वनको टोली बेस क्याम्पमै पुगेर नियन्त्रणमा लिएको हो ।

सामान्य कुरा भएको भन्दै बेस क्याम्पले स्थानीयलाई छलफल गराएर छोड्ने तयारी गरिरहेका बेला स्थानीयले नै जिल्ला वनलाई खबर गरेपछि उक्त योजना बिफल भएको हो ।  जिल्ला वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीको नेतृत्वमा ७ जनाको टोली बिहिबार दिउसो १२ बजे सेनाको बेस क्याम्पमा पुगेको थियो ।

जिल्ला वन कार्यालयका प्रमुख ज्ञवालीले स्थानीयहरुले खबर गरेपछि मात्रै आफुले थाहा पाएकोे बताए । वनको टोलीले रा१त २३९५ नम्बरको टयाक्टर र चालक गोपाल चौधरीलाई नियन्त्रणमा लिएको छ ।

‘वन ऐन २०७६ अनुसार ट्याक्टर जफत हुदैन । ५० हजार जरिबाना हुन्छ ,’ वन प्रमुख ज्ञवालीले भने–‘अबैध दाउरा ओसारपसारमा संलग्न व्यक्तिलाई ६ महिना कैद वा सोही बराबरको जरिबाना हुनसक्छ ।’

घटनामा अन्य व्यक्ति पनि संलग्न भएको भन्दै चालकको बयानबाट सबै कुरा खुल्ने कार्यालयले बताएको छ ।

क्याम्पमा कसरी पुग्यो दाउरा सहिटको ट्याक्टर

अस्थाई प्रहरी पोष्ट दमारगाउँले नियन्त्रणमा लिएको ट्याक्टरलाई बेस क्याम्पका प्रमुख (क्याप्टेन) नारायण अर्यालको निर्देशनमा करिब साढे १२ बजे राति नै क्याम्पमा लगिएको थियो ।

‘हामीले नियन्त्रणमा लिएका थियौ,’ अस्थाई प्रहरी पोष्ठका प्रमुख बलबहादुर सुनारले भने–‘सेनाको टोली आयो र क्यापसावले यतै लेउ भन्नु भएको छ भने पछि हामीले दिर्यौ ।’
क्याम्प प्रमुख अर्यालले पक्राउ परेको ट्याक्टरको नम्बर र आरोपीको नाम थाहा छैन भन्नु र पत्रकारले गरेको कुरा सम्बन्धित व्यक्तिसंग रिर्पोटीङ गर्नुलाई उनको भूमिकामा संका गर्ने प्रसस्तै ठाउँ भेटिन्छन् ।

टेलिफोन संवादमा तपाईले त मैले गरेको कुरा सबै सम्बन्धित व्यक्तिलाई भन्नुभयो छ नि भन्ने प्रश्नमा बेस क्याम्प प्रमुख अर्यालले स्थानियलाई सामान्य घटना भएकाले पत्रकारलाई सम्झाउनुस मात्र भनेको हो भनि स्वीकार गरे । (उनको अडियो सुरक्षीत छ ।)

स्राेतका अनुसार क्याप्टेन र पाण्डेकाे राम्राे हिमचिम छ ।

स्थानीयले तुलसीपुर उपमहागनरपालिका–१३ का वडा सदस्य बिनोद पाण्डेले तुलसीपुर – अमिलिया सडक खण्डको जंगलबाट अबैध रुपमा दाउरा ल्याउदै गरेको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

पाण्डेलाई घटनाबाट जोगाउ नेतादेखि प्रशासनसम्म ठूलो चलखेल भइरहेको स्थानीयले बताएका छन् ।  वडा सदस्य पाण्डेले आफुसंग रुष्ट भएका कांग्रेसका केहि साथीहरुले आफनो बदनाम गर्न खोजेको बताएका छन् ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया