कोरोना भाईरस: दाङमा ८ जनाको रिर्पोट नेगेटिभ

तुलसीपुर,२७ चैत ।
दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा रहेका २० जना मध्ये ८ जनाको रिर्पोट आएको छ । उनिहरुको रिर्पोट नेगेटिभ आएको जिल्ला श्वास्थ्य कार्यालयका कोरोना भाईरस फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन ।

विभिन्न देशबाट आएर अस्पतालमा भर्ना भएका २० जनाको स्वाब संकलन गरि परीक्षणका लागि काठमाण्डौ पठाईएको थियो । अन्य १२ जनाको रिर्पोट भने आज साँझ वा भोली सम्म आउने चन्दले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया