गोली हानी एक महिलाको हत्या

निमेन्द्र शाही

बाजुरा २७ चैत्र /  बाजुरा जिल्लाको गौमूल गाउपालिका वडा नम्बर ४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको छ ।

हिजो राति ३३ वर्षीया सुन्तु रोकायाकाे  श्रीमान गाेरख राेकायाले गोली हानेर हत्या गरेकाे   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् ।

भैसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अबस्थामा फेला परेपछि आज बिहान मात्र माईती पक्षले प्रहरीलाई जानकारी गराएकाे ठगुन्नाथले बताए । मृतका श्रीमानलाइ प्रहरीले बन्दुक सहित  नियन्त्रणामा लिएकाे र घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया