बेलझुन्डीमा रहेकाको नमुना संकलन गरेर काठमाडौँ पठाइयो

तुलसीपुर, २६ चैत ।

दाङको बेलझुण्डीमा प्रदेश सरकारले सञ्चालन गरेको कोरोना बिशेष अस्पतालमा अहिले २० जना भर्ना भएका छन् । दाङ र प्यूठानका गरी २० जना भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना भाइरस फोकलपर्सन कमल चन्दले जानकारी दिए । अस्पतालमा भारतको चेन्नई हुदै कैलालीको गौरीफन्टा नाका भएर दाङ आएका ११ जना, दुबैबाट नेपाल आएका ६ जना रहेका छन् भने एक जना प्रादेशिक अस्पताल तुलसीपुरका कर्मचारी र अर्का एक जना गरि २० आइसोलेसनमा भर्ना भएका छन् ।

उनीहरुको नमुना संकलन गरेर काठमाडौँ पठाइएको छ ।यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ रक्षाचौरमा स्थापना गरिएको क्वारेन्टाईनमा १७ जना मध्ये चार जनाको स्वाव संकलनका लागी वेलझुण्डी कोरोना विशेष अस्पताला पठाईएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया