पक्राउ परेपछि रिपोर्टर्स क्लवले मुख खोल्यो

तुलसीपुर, २६ चैत्र

पक्राउ परेका नक्कली पत्रकार रिपोर्टर्स क्लव दाङको रिपोटर नभएको क्लवले जनाएको छ । रिपोर्टर्स क्लवको रिपोटर भएको भन्दै लकडाउनको समयमा बा ८७ प १००६ नम्वरको मोटरसाईकलमा हुईकिएका तुलसीपुर–१७ मानपुर निबासी २८ बर्षका मेघराज सुनार पक्राउ परेपछि क्लवले आफनो धाराना सार्वजनिक गरेको हो ।

क्लवका अध्यक्ष शरद रेग्मीले आज एक विज्ञेप्ती जारी गर्दै क्लवको वदनाम गराउन किर्ते परिचय पत्र बनाएको बताउदै त्यस्तो नाम गरेको व्यक्ती कल्वमा नरहेको स्पष्ट पारेका छन् । यस्तो घटना आगामी दिनमा दोहरिन नदिन किर्ते काम गर्ने व्यक्तीलाई कानुन अनुसार कारबाही गर्न विज्ञप्तीमा प्रशासन समक्ष जोडदार माग समेत गरिएको छ ।

सुनारले चेकजाँचको क्रममा तुलसीपुरको हात्तीखौवामा खिमबहादुर डिसीको नामबाट रिपोर्टर्स कल्वको रिपोटर भएको भन्दै परिचयपत्र देखाएपछि प्रहरीले नक्कली पत्रकार भएको भन्दै पक्राउ गरेको थियो । दलितको थर लुकाउन खिमबहादुर डिसीबाट परिचय पत्र बनाएको बताउने सुनारले पक्राउ पर्ने बेला आफनो नाम रबिन्द्र सुनार र घर खाद्रे भएको भन्दै ढाँटेका थिए ।

 

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया