हतियार सहित वडाध्यक्ष पक्राउ

कञ्चनपु, २६ चैत्र

कञ्चनपुरमा हतियार सहित वडाध्यक्ष पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाही गुड्डु २ थान हतियार र ८२ हजार नगद सहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

वडाध्यक्ष गुड्डुलाई कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ र ५ को सीमानजिकै रोकिराखेको भारतीय नम्बर प्लेटको गाडीमा २ थान बन्दुकसहित सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरले उनलाई पक्राउ गरेको हो ।

डीएल ३ सीसीआर ३९९७ नम्बरको टोयोटा फरच्युन गाडीमा प्वाइन्ट टुटु एलआर एक थान, त्यसको गोली १४ थान तथा एयर गन १ थान र त्यसको छर्रा १९६ थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साउदले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया