लगडाउनकाे उल्लङ्घन गर्दै हजाराैकाे भिडमा मेला

डिवि विष्ट 

बझाङ,२६ चैत्र  / बझाङ जिल्लामा मनाइने ऐतिहासिक  धार्मिक मेलामा स्थानीयको भीड लागेको छ । लकडाउनको उल्लंघन गर्दै आयाेजना गरिएकाे साे मेलामा हजारौँ भक्तजन सहभागी भएका छन् ।

छबिस पाथिभेरा गाँउपालिका–३ मा मनाइने बान्नीकी चैतलीमा स्थानीयहरूको घुइँचो नै लागेको छ । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या नेपालमा पनि बढेसँगै सरकारले थप प्रभावित नहोस् भन्ने उद्देश्यले लकडाउनको घोषण गरेको छ ।

तर, छबिस पाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउन उलङ्घन गरी हजारौँकाे संख्यामा भेला भएर आज बान्निकी चैतली मेला मनाएका हुन् । गाउँपालिकाका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले चैतली मेलामा भीड नगर्न अनुरोध गरे पनि स्थानीयवासीले बेवास्ता गरेको गुनासो गरिन् ।

गाउँपालिकाका विभिन्न नाकाहरूमा प्रहरी परिचालन गरे पनि स्थानीय चोरबाटो प्रयोग गरेर मेला भर्न गएको उनको भनाइ छ । ठूलो संख्यामा भेला भएका स्थानीयबीच झडपसमेत भएको छ । सो झडपमा परी २ जना घाइते भएको पत्रकार मानबहादुर बोहराले बताए ।

मेला स्थलमा प्रहरीको उपस्थिति छैन । यस अघि छबिस पाथिभेरा गाउपालीका उपाध्यक्ष राधिका रतालाले छबिस पाथिभेरा भेरामा कुनै मेला आयोजना नगरिएको बताएकी थिइन् ।

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया