मुख्यमन्त्री पोख्रेललाई अपशब्द प्रयोग गर्ने केसीले मागे माफी

तुलसीपुर, २५ चैत्र

सामाजिक संजाल फेसवुक मार्फत प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई अप शब्द प्रयोग गर्ने हरि केसीले माफी मागेका छन् ।

तुलसीपुर उपमहानगरपालिका ८ निबासी केसीले गएको आइतबार न्यु क्लियर फेसवुक आईडीबाट यातायात व्यवसायी बामदेव खनालको फेसवुक वालमा जन्मजात सामन्त साले खाते !!  भनेर कमेन्ट गरेका थिए ।

केसीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्  ‘प्रदेश –५ का माननिय मुख्यमन्त्री शंकर पोख्रेल ज्युको सन्देशमा मैले कुरै नबुझी अन्जान र आबेगमा आएर असभ्य र अपशब्द प्रयोग गरि गालीगलौज गरि प्रतिकृया व्यक्त गरेको छु । अब त्यस्ता कार्य भविष्यमा फेरि नदोहर्‍याउने शर्तमा उक्त शब्दलाई फिर्ता लिदै क्षमा माग्द छु । ’

केसीले फेक आइडीको रुपमा चलाउदै आएको न्यु क्लियर फेसवुकमा पनि क्षेमा मागेका छन् । नियोजित षडयन्त्र गर्नेको अवसान हुन्छ भन्ने शिर्षकको समाचार शेयर गरेका यतायात व्यवसायी खनालको फेसवुक वालमा केसीले उक्त अपशब्द प्रयोग गरेका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया