दोब्बर भाड लिने एम्बुलेन्स सहित २ जना पक्राउ

तुलसीपुर, २५चैत्र

लकडाउनको मौका छोपी दोब्बर भाडा लिएको आरोपमा संचालक सहित एम्बुलेन्सलाई प्रहरीले दाङमा नियन्त्रणमा लिएको छ ।

लमही देखि तुलसीपुर सम्मको एम्बुलेन्स भाडा ३ हजार ५ सय रुपैयाँ भएपनि बिरामीसंग ७ हजारु रुपैयाँ भाडा मागेपछि प्रहरीले रा१च ८२५ नम्बरको एम्बुलेन्स सहित संचालक कृष्ण आचार्य र चालक कमल प्रसाद भुसाललाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उक्त एम्बुलेन्स कृपा पोलिक्लिनिक एण्ड मेडिकल हल लमहीले संचालनमा ल्याएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया