लकडाउनका बेला किसानलाई बाली लगाउन र उठाउन दिइने

काठमाडौ २४ चैत ।

लकडाउनको अवधि लम्बीय पनि किसानलाई बाली लगाउन र उठाउन दिइने भएको छ । तत्काल लगाउनुपर्ने र उठाउनुपर्ने बालीको सम्बन्धमा सहजिकरण गर्ने निर्णय भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए ।

 

तर बाली लगाउँदा र उठाउँदा किसानले न्युनतम सावधानी भने अपनाउनुपर्नेछ । कोरोना भाइरस फैलिन नदिनका लागि अपनाउने सावधानी र मापदण्ड पालना गरे नगरेको सम्बन्धित स्थानीय तह र त्यहाँका सुरक्षा निकायले अनुगमन गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार
प्रतिक्रिया